काठमाडौं ।
एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टीका मन्त्री हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढेको छ ।
सत्ता गठबन्धनमा रहेको जसपा मंसिर ४ मा हुने निर्वाचनमा प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि सत्तारुढ दलबाटै जसपाका मन्त्रीहरू हटाउन प्रधानमन्त्री देउवामाथि दबाब बढेको हो ।
सरकारमा रहेर प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको भन्दै सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवासँग आन्तरिक छलफल गरेसँगै देउवाले गठबन्धन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।













