करेन्ट लाग्दा दुई मजदुरको मृत्यु

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

पर्सा ।

पर्सामा करेन्ट लाग्दा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२६ का रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका–३ हरिहरपुर बस्ने ३० वर्षीय मजदुर सैफुल्ला अंसारीको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजेको समयमा घर अघिल्तिरको विद्युत्‌‌‍को पोलको तारमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।

सोमबार नै वीरगन्ज महानगरपालिका वडा नं ८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा वीरगन्ज महानगरपालिका–९ रानिघाटका ६० वर्षीय मजदुर ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको छ ।

  • २५ आश्विन २०७९, मंगलवार १५:२९ प्रकाशित