सयौँको उपस्थितिमा यसरी गरियो फेवाताल सरसफाई (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरको अगुवाईमा आज फेवाताल सफाई महाअभियान सञ्चालन गरिएको छ । अभियान अन्र्तगत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको थियो । ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका थिए । वडावडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायीक संघसस्था, राजनीतिक दलका नेतृत्व,टोल संस्था, लायन्स क्लव लगायतका सामाजिक संघ संस्था सरसफाईमा सहभागी भएका थिए भने, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरसफाईमा सहभागी थिए ।

तालको मुहान तर्फ रहेको जलकुम्भी झार असोज महिला लागेसगै हावा चल्ने र तालभरी फैलने गर्छ । जसको कारण ताल कुरुप बन्ने गरेको छ । सोही जलकुम्भि हटाउन महानगरले सरसफाई अभियान चलाएको महानगरका प्रमुख धनराज आचार्यले बताए । जनसहभागीतामा काम गर्दा तालको संरक्षणमा थप मद्धत पुग्ने भएकाले सबै वडाबाट स्थानीयलाई सरसफाईमा सहभागी गराइएको उनले बताए ।

सरसफाई अभियानमा सयौँको संख्यामा जनसहभागीता रहेको थियो । डुङ्गाको मद्धतमा तालमा रहेको जलकुम्भीलाई किनारमा निकालीएको थियो भने त्यस पछि लामबद्ध सहभागीले जलकुम्भी बाहीर निकालेको थियो ।

बिहान ७ बजे सुरु भएको सरससफाई १० बजेसम्म चलेको थियो । संकलित फोहरोरलाई महानगरको फोहोर संकलन गर्ने गाडी मार्फत व्यवस्थापन गरिएको छ । ।

  • २५ आश्विन २०७९, मंगलवार ११:५७ प्रकाशित