पोखरा।
आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२८ रुपैया १६ पैसा रहेको छ । हिजो भने युरो एकको खरिददर १२८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६३ पैसा थियो ।
बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०९ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९ रुपैयाँ ०८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।