मलेसियाका प्रधानमन्त्री साब्री याकूबद्धारा संसद विघटनको घोषणा

केन्द्रभाग मिडिया

क्वालालमपुर ।

मलेसियाका प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद संसद् विघटनको घोषणा गरेका छन् । प्रधानमन्त्री साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् ।

उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए ।

सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्याशित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाइ छ ।

  • २५ आश्विन २०७९, मंगलवार १०:४९ प्रकाशित