उम्मेदवार नबनाए पनि ठीक छ भनेर प्रचार गर्नु कुनियत : रावल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै आपत्ति  जनाएका छन्। उम्मेदवार बन्नबाट बञ्चित गरिएपछि सोमबार पहिलो ट्वीट गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

एमाले पूर्व उपाध्यक्ष समेत रहेका रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने समेत उल्लेख गरेका छन् । ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो । उचित समयमा बोल्ने नै छु,’ उनले ट्वीट गरेका छन् ।

आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मतले एकल पठाउँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले हटाएको पनि लेखेका छन् ।

  • २४ आश्विन २०७९, सोमबार २०:४३ प्रकाशित