कम्युनिष्ट विरोधी धनराजको गृह जिल्ला स्याङ्जामा गठबन्धन अलपत्र !

केन्द्रभाग मिडिया

पोखरा ।

कम्युनिष्ट विरोधी छवी बनाएका नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङको गृह जिल्लामा गठबन्धन अलपत्र परेको छ । स्याङ्जामा गठबन्धनले भागवण्डा गर्दा प्रतिनिधिसभाका दुबै क्षेत्र र प्रदेश सभा १ (ख) र २ (ख) कांग्रेसको भागमा परेको थियो ।

प्रदेशसभा १ (क) माओवादी केन्द्र र २ (क) एकीकृत समाजवादीको भागमा परेको थियो । तर केन्द्रको सहमति केन्द्रीय उपसभापति धनराज गुरुङको गृह जिल्लामा उम्मेदवारी दिने क्रममा तोडिएको हो । गुरुङले केही समय अगाडि कांग्रेसलाई हात्तिको संज्ञा दिँदै ‘प्रचण्ड माधव नामका चमेरा कांग्रेसको कानमा ओत लाउन खोज्दैछन’ भन्ने अभिव्यक्ति दिएका थिए । अधिकांस भाषणमा उनले गठबन्धन विरोधी अभिव्यक्ति दिँदै आएका छन् ।

धनराज स्वम स्याङजा २ बाट उम्मेदवरी दिएका उनले केन्द्रमा भएको सहमति विपरित जिल्लाका सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार खडा गरेका छन् । उनी उठेको क्षेत्र नम्बर २ को प्रदेश सभा (क) भागबण्डामा नेकपा एकीकृत समाजवादीलाई परेपनि उक्त प्रदेशमा काङ्ग्रेसको तर्फबाट भोजराज अर्यालले उम्मेदवारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रहेका रामचन्द्र भट्टराईले भने गठबन्धनको तर्फबाट नै २ (क)मा उम्मेदवारी दिएका छन् । प्रदेश सभा २ (ख) कांग्रेसकै भागमा परेको हो । उक्त स्थानमा कांग्रेसकै महेश भट्टराईले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ मा पार्टीका जिल्ला सभापति राजु थापाले उम्मेदवारी दिएका छन् । प्रदेश सभा तर्फ १ (क) माओवादीको भागमा परेको हो । उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादीका अमृता थापाले उम्मेदवारी दर्ता गराएकी छन् । तर, नेपाली काङ्ग्रेसको तर्फबाट गण्डकी प्रदेश शिक्षा तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकै भागमा परेको प्रदेशसभा तर्फ १ (ख) मा कांग्रेसका बुद्धिबहादुर राना (कुमार) ले उम्मेदवारी दिएका छन् ।

 

  • २४ आश्विन २०७९, सोमबार १३:१४ प्रकाशित