राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो (आइतबार)राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

  • २४ आश्विन २०७९, सोमबार ११:०५ प्रकाशित