मुस्ताङमा कांग्रेसबाट बने २८ वर्षीय युवा प्रतिनिधिसभा उम्मेदवार

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो निर्वाचन प्रणाली अन्तर्गत हिजो (आइतबार) उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ ।

सम्पन्न मनोनयन दर्तामा गण्डकी प्रदेश अन्तर्गतको जिल्ला मुस्ताङमा कांग्रेसबाट २८ वर्षीय युवा उम्मेदवार बनेका छन् ।मुस्ताङको प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा कांग्रेसका योगेश गौचनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी पूर्वमन्त्री तथा कांग्रेस मुस्ताङका सभापति रोमी गौचनका छोरा हुन् । प्रतिनिधिसभाका ९१ निर्वाचन क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका मध्ये योगेश सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

  • २४ आश्विन २०७९, सोमबार ०९:१३ प्रकाशित