सन्दिपलाई म्याद थपका लागि अदालत लगिदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिने भएको छ ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार पक्राउ परेका सन्दीपलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

बिदाका कारण अदालत बन्द रहेका कारण सोमबार आज मात्र म्याद थपका लागि अदालत लैजान लागिकएको बताइएको छ । प्रहरी स्रोतका अनुसार आज दिउँसोसम्ममा लामिछानेलाई अदालत लैजाने तयारी गरिएको छ ।

कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।

त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सुरु गरेको थियो । पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

  • २४ आश्विन २०७९, सोमबार ०९:०१ प्रकाशित