कास्की १ मा कांग्रेसबाट जिसीको बागी उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश अधिबेशन प्रतिनिधि खिम बहादुर जिसीले कास्की १ मा बागी उम्मेदवारी दिएका छन् । उनले कांग्रेसका उम्मेदवार किशोरदत्त बरालविरुद्ध उम्मेदवारी दिएका हुन् ।

उनले पार्टीले उम्मेदवार छनोटमा कमजोरी गरेको भन्दै बागी उम्मेदवारी दिएको बताए । जनतामा भिजेको नेतालाई उम्मेदवार बनाउनुपर्नेमा गुटको राजनीति गरेर उम्मेदवार छनोट गरिएको उनले आरोप लागाए ।

  • २३ आश्विन २०७९, आईतवार १९:५९ प्रकाशित