लमजुङमा दुई कम्युनिष्ट पार्टीका हेविवेट नेताको प्रतिस्पर्धा

केन्द्रभाग मिडिया

पोखरा ।
लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका महासचिव देव गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा देव गुरुङ एमाले र माओवादी केन्द्रको गठबन्धनबाट प्रतिनिधि सभा सदस्य र पृथ्वी सुब्बा गुरुङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले भने दुई ठुला कम्युनिष्ट पार्टीका हेविवेट नेताहरु एकआपसमा प्रतिस्पर्धी बनेका छन् ।

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ फेरी एकपटक प्रदेशसभा सदस्य बन्दै गण्डकी प्रदेशको नेतृत्व गर्न चाहन्थे तर, उनको इच्छा विपरित अध्यक्ष ओलीले प्रतिनिधिसभाको टिकट दिएपछि पार्टी निर्णयलाई मान्दै प्रतिनिधिसभा सदस्यको पदका लागि उम्मेदवारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई सत्ता गठबन्धनको साथ छ । दुई ठूला कम्युनिष्ट पार्टीका महासचिव र उपमहासचिवको प्रतिस्पर्धालाई निकै चासो पूर्वक हेरिएको छ ।

  • २३ आश्विन २०७९, आईतवार १९:५९ प्रकाशित