कास्कीमा कांग्रेस, माओवादी र एमालेमा बागी उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीमा गठबन्धनका ३ जना र एमालेका १ जना बागी उम्मेदवारी परेको छ । कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री महादेव गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृतका श्रीनाथ बरालका विरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

यस्तै नेपाली कांग्रेस प्रदेश माहाधिवेशन प्रतिनिधि खिम बहादुर जिसीले पनि कास्की १ मा बागी उम्मेदवारी दिएका छन् । उनले पार्टीले उम्मेदवार छनोटमा कमजोरी गरेको भन्दै बागी उम्मेदवारी दिएका हुन् । उनले कांग्रेसका उम्मेदवार किशोरदत्त बरालविरुद्ध उम्मेदवारी दिएका हुन् ।

कास्की ३ को प्रतिनिधि सभा सदस्यमा एमाले र सत्तारुढ गठबन्धन दुबैका बागी उम्मेदवारी परेको छ । नेकपा एमालेबाट दामोदर बैरागीले टिकट पाए पछि असन्तुष्ट बनेका एमाले प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले बागी उम्मेदवारी दिएका हुन् ।

कास्की ३ मा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रामजी बरालका विरुद्ध अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी हुन् ।

  • २३ आश्विन २०७९, आईतवार १९:१६ प्रकाशित