कास्कीका सबै निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ गठबन्धनको तर्फबाट कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र नेकपा एमालेबाट एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर १ (क)मा एमालेका खगराज अधिकार र गठबन्धनको तर्फबाट माओवादीका दिपक कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ (ख)मा एमालेको तर्फबाट बेदबहादुर गुरुङ‘श्याम’ र गठबन्धनको तर्फबाट दिपक गुरुङ ‘माइला’ले उम्मेदवारी दर्ता गराएका छन् ।

कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले र एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । क्षेत्र नम्बर २ (क)मा गठबन्धन तर्फबाट माओवादीका उम्मेदवार विश्वप्रकाश लामिछाने र एमालेबाट भिम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । २ (ख)मा गठबन्धनको तर्फबाट कांग्रेसका बिन्दुकुमार थापा र एमालेबाट मिना गुरुङले उम्मेदवारी दर्ता गराएकी छन् ।

कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजी प्रसाद बरालले र एमालेको तर्फबाट दामोदर बैरागीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सदस्यका लागि ३ (क)मा एमालेका गणेशमान गुरुङ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । ३ (ख) मा एमालेबाट राजिव पहारी र गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाश बरालले उम्मेदवारी दर्ता गराएका छन् ।

  • २३ आश्विन २०७९, आईतवार १८:३७ प्रकाशित