पोखरा ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा दुई हेविवेट नेताका बीचमा प्रतिस्पर्धा हुनेभएको छ । गठबन्धनको तर्फबाट कांग्रेसको भागमा परेको उक्त क्षेत्रमा कांग्रेसबाट केन्द्रीय उपसभापति धनराज गुरुङले उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमालेबाट पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा आर्यालले उम्मेदवारी दिने भएकी छन् । २०७४ मा कांग्रेसका पूर्व उपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेसंगै राष्ट्रिय चर्चामा आएकी प्रष्ट वक्ताको रुपमा चिनिने महिला नेतृ हुन् पद्मा आर्याल ।
त्यसपछि एमाले कार्यकालको अधिकांस समय मन्त्री बनेकी उनी एमालेको १० औं महाधिवेशनबाट एमालेको केन्द्रीय सचिवमा निर्वाचित भएकी हुन् ।
२०७४ मा पार्टीमा टिकट नपाएका तर निष्ठाको राजनीति गर्ने प्रष्ट बोल्ने राजनीतिज्ञको रुपमा चिनिएका धनराज गुरुङ कांग्रेसको केन्द्रीय उपसपभातिमा निर्वाचित भएका हुन् । स्याङ्जा २ मा यि दुई नेताको प्रतिस्पर्धालाई देशभरबाट नै चासो पूर्वक हेरिएको छ ।












