प्रदेश चाहेका गुरुङलाई संघ र संघ चाहेका अधिकारीलाई प्रदेशको टिकट (को-कहाँ ?)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । एमालेले प्रदेशमा दाबी गरेका पूर्व मुख्यमन्त्री समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधिसभामा र प्रतिनिधि सभामै आफ्नो चाहना रहेको बताएका स्थायि समिति सदस्य खगराज अधिकारीलाई प्रदेशमा उम्मेद्वार बनाउने भएको छ ।

गुरुङलाई लमजुङबाट प्रतिनिधिसभाकै टिकट दिने निर्णय भएको उच्च स्रोतले जनायो । श्रोतका अनुसार गुरुङ भने अन्तिमसम्म प्रदेशसभामै आउने अडानमा छन् । ‘प्रतिनिधिसभा सदस्यको उम्मेदवार स्विकार गर्ने या नगर्ने निस्कर्षमा पुगिसक्नु भएको छैन’ श्रोतले भनेको छ । लमजुङबाट जमिन्द्रमान घलेको नाम प्रतिनिधिसभामा सिफारिस भएको थियो । तर उनलाई प्रदेशसभाको टिकट दिएर पृथ्वीसुब्बालाई प्रतिनिधिसभा तर्फ लगिएको हो ।

अर्का नेता खगराज अधिकारीलाई भने प्रदेशसभाको टिकट दिइएको छ । कास्की–१ (क) को टिकट दिने निर्णयप्रति अधिकारीले स्वयमले भने असन्तुष्टि जनाएका छन् । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा भने एमालेले उम्मेदवार टुंग्याएको छैन । यो क्षेत्रबाट २०७४ मा वाम गठबन्धनको समर्थनमा दीपक मनाङेले जितेका थिए ।

यी हुन् गण्डकीका एमाले उम्मेदवार

तनहुँ–१ बाट प्रतिनिधिसभामा एकबहादुर राना वा तालमेल
प्रदेशसभा तर्फ (क) मा रामबहादुर गुरुङ र (ख) मा पूर्णबहादुर गुरुङ

तनहुँ–२ बाट किरण गुरुङ
प्रदेशसभा तर्फ केदार सिग्देल र श्यामराज महत

गोरखा–१ बाट रामशरण बस्नेत
प्रदेशमा (क) सुरेन्द्रबहादुर थापा र (ख) मोहन भट्टराई

गोरखा–२ बाट अब्दुस मिया
प्रदेशतर्फ (क) राजु राना र (ख) बाट बसन्त गुरुङ

कास्की–१ बाट मनबहादुर गुरुङ
प्रदेशतर्फ (क) खगराज अधिकारी र (ख) बाट वेदबहादुर गुरुङ

कास्की–२ विद्या भट्टराई
प्रदेशतर्फ (क) भीम कार्की र (ख) मा मिना गुरुङ

कास्की–३ मा दामोदर वैरागी
प्रदेशतर्फ (क) बाट गणेशमान गुरुङ र (ख) बाट राजीब पहारी

बाग्लुङ–१ बाट सूर्य पाठक
प्रदेशतर्फ (क) बाट हिराबहादुर केसी र (ख) बाट नवराज पौडेल

बाग्लुङ–२ बाट मञ्ज शर्मा चालिसे
प्रदेशतर्फ (क) बाट प्रकाश बुढा र (ख) बाट लक्ष्मणबहादुर पुन मगर

नवलपुर–१ बाट कृष्ण पौडेल
प्रदेशतर्फ (क) बाट रवीन्द्र अधिकारी र (ख) बाट रोसन गाहामगर

नवलपुर–२ बाट तिलक महत
प्रदेशतर्फ (क) बाट पदम बिसी र (ख) बाट लक्ष्मण पाण्डे

मुस्ताङबाट प्रेम तुलाचन
प्रदेशतर्फ (क) बाट इन्द्रधारा विष्ट र (ख) बाट चन्द्रमोहन गौचन

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ
प्रदेशतर्फ (क) बाट जमिन्द्रमान घले र (ख) बाट कृष्ण अधिकारी

स्याङ्जा–१ बाट नारायण मरासिनी
प्रदेशतर्फ (क) बाट मिनप्रसाद गुरुङ र (ख) बाट सुधिर पौडेल

स्याङ्जा–२ बाट पद्मा कुमारी अर्याल
प्रदेशतर्फ (क) बाट मोहन रेग्मी र (ख) बाट बुद्धिमान श्रेष्ठ

मनाङबाट पाल्तेन छोपेन गुरुङ
प्रदेशतर्फ (क) दोर्जे डुन्डुल गुरुङ र (ख) मा बाँकी

पर्वतबाट पदम गिरी
प्रदेशसभा तर्फ (क) बाट भक्तबहादुर कुँवर र (ख) बाट मित्रलाल बस्याल

  • २२ आश्विन २०७९, शनिबार १२:५३ प्रकाशित