भीम रावलले टिकट पाएनन्

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवार टुन्गो लगाएको छ । एमालेले भीम रावललाई भने टिकट दिएन । उनको ठाउँ अछाम–१ मा झपट बोहराले टिकट पाएका छन् ।

१० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावललाई अध्यक्ष ओलीले टिकट दिन नचाहेको यस पहिले पनि सार्वजनिक भएको थियो ।

यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटीले टिकट पाएका छन् । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

 

 

  • २१ आश्विन २०७९, शुक्रबार १७:२० प्रकाशित