काठमाण्डौ ।
सिट बाँडफाट मिलाउन अलिहे सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज बेलुकीसम्म टुन्गो लगाउने अन्तिम प्रयास भइरहेको छ । जनता समाजवादी पार्टी (जसपा) सहभागी नभए पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।
निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि यही असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्नेछ । यसका लागि अब भोलि शनिवारसम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँट सक्न चार दल लागेका हुन् ।












