डेंगी संक्रमितको संख्या ३२ हजार १२१, ४२ जनाको मृत्यु

केन्द्रभाग मिडिया

नेपालमा यस वर्ष डेंगी संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । देशभरका ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् ।

सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।

डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • २१ आश्विन २०७९, शुक्रबार १६:३१ प्रकाशित