खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । व्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि असोज २३ गते हुने प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयका लागि तीनवटै क्षेत्रमा कार्यालय स्थापना गरिएको हो ।

पशु सेवा निर्देशनालय परिसर, हस्पिटलचोकमा क्षेत्र नं १, पोखरा सभागृह परिसरमा क्षेत्रनम्बर २ र जिल्ला समन्वय समितिको कार्यालय परिसरमा क्षेत्रनम्बर ३ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।

कास्कीका प्रतिनिधि सभा तर्फ तीन र प्रदेश सभा तर्फ ६ निर्वाचन क्षेत्र छन् ।

  • २१ आश्विन २०७९, शुक्रबार १६:०४ प्रकाशित