उपेन्द्र यादव गठबन्धनको बैठक छोडेर ओली निवासमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
बालुवाटारमा जारी सत्तागठबन्धनको बैठक छाडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि जसपा अध्यक्ष यादव एमालेसँग चुनावी तालमेलको गृहकार्यमा छन्।
यादव चुनावी तालमेलको विषयमा छलफल गर्न अहिले ओली निवास बालकोट पुगेको बताइएको छ।

  • २१ आश्विन २०७९, शुक्रबार १५:३४ प्रकाशित