ओली र लिङ्देन सिट बाँटफाँटमा जुटे

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता जारी छ ।

राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार ओली निवास बालकोटमा दुई पार्टीका शीर्ष नेताहरुबीच वार्ता जारी छ ।

आजको बैठकले मंसिर ४ को निर्वाचनमा तालमेलको विषयमा निर्णय गर्नेछ ।

सिट बाँटफाँटको विषयमा पनि आजै टुंगो लाग्ने बताइएको छ । एमालेले राप्रपा र जसपासँग तालमेलको प्रयास गरिरहेको छ ।

  • २१ आश्विन २०७९, शुक्रबार १४:५६ प्रकाशित