एमालेबाट टिकट नपाए पछि गंगा थारूले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु ।

हजुरहरुको साथ चाहिएको छ ।’ यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।

  • २१ आश्विन २०७९, शुक्रबार १३:३१ प्रकाशित