पोखरामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा बुधबार राति भएको सवारी दुर्घटामा परेर एक जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने पोखरा १३ भद्रकाली बस्ने विशाल नेपाली रहेका जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर कुमार तिवारीका अनुसार ग ७ प २५९२ नम्बरको मोटरसाईकल राति ८ : १५ बजे पोखराको दीपमा दुर्घटना हुँदा २९ वर्षीय नेपालीको ज्यान गुमेको हो ।

दुर्घटनाको विषयमा अनुसन्धान भइहरेको प्रवक्ता तिवारीले जानकारी दिए ।

  • २० आश्विन २०७९, बिहीबार १३:४३ प्रकाशित