माओवादीको बन्दसूचिबाट महरा हटे पछि हितराज पाण्डे थपिए

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको बताइएको छ । महराको सट्टामा हितराज पाण्डेलाई बन्द सूचीमा राखिएको माओवादीले जनाएको छ । पाण्डे माओवादी गण्डकीका नेता हुन् ।

महराको नाम समानुपातिक सूचीमा समेटिएपछि आलोचना भएको थियो । महरा प्रत्यक्षबाटै चुनाव लड्ने मनिस्थितिमा रहेको ती नेताले बताए ।

महरा ०७४ सालको निर्वाचनमा दाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

  • १७ आश्विन २०७९, सोमबार १६:३० प्रकाशित