प्रत्यक्ष तर्फका उम्मेदवार टुंगो लगाउन बालुवाटारमा कांग्रेसको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा जुट्ने भएका छन् ।

अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने बताईएको छ । छलफलमा सभापति देउवासँगै नेताहरु शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतका नेताहरु सहभागी हुने जनाईएको छ ।

कांग्रेसले सत्ता गठबन्धनमा ८६ सिट राख्ने सहमति भएको छ । सोहीअनुसार सहमतिमा उम्मेदवार छनौट गरिने भएको छ । आज उम्मेदवारको मापदण्डपनि तय गर्ने र नाममा सहमति गरिने भएको हो । कांग्रेसमा दुई समूहको भागबण्डाले उम्मेदवार छनोटमा जटिलता बढ्दै गएको छ ।

  • १७ आश्विन २०७९, सोमबार १५:१९ प्रकाशित