चुनाव नलड्ने भट्टराईको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु, उनले सामाजिक संजालमा लेखेका छन् ।’ भट्टराइले गोरखाली मतदातालाई धन्यवाद समेत दिएका छन् ।

२०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी गराएकोमा उनले गोरखाली प्रति आभार व्यक्त गरेका छन्। चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने भट्टराईले बताएका छन् । जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न भन्न सक्छन् ।

सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले लेखेका छन् । भट्टराईको पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनावमा भाग लिने निर्णय गरेको छ ।

योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु,’ उनले लेखेका छन् ।

  • १७ आश्विन २०७९, सोमबार १२:५० प्रकाशित