समानुपातिकमा भागबण्डा मिलेको कांग्रेसमा प्रत्यक्षमा पनि भागबण्डा

केन्द्रभाग मिडिया

काठमाडौं।
टिकट वितरणमा भेदभाव गरिएको भन्दै असन्तुष्ट बनेको नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहसँग सभापति शेरबहादुर देउवाको सहमति भएको छ । सभापति देउवाले कोइराला समूहलाई सम्मानजनक सिट दिने सहमति जनाएसँगै तत्काललाई पार्टीभित्रको विवाद पनि हल भएको छ ।

देउवा र कोइराला समूहका नेताहरुबीच आज भएको समझदारीअनुसार समानुपातिकमा ७५ र २५ प्रतिशतमा सहमति भएको छ ।

समानुपातिकमा सहमति भए पनि प्रत्यक्षको सिटको लागि कांग्रेसमा भागबण्डा मिलेको छैन । प्रत्यक्षमा सिटको लागि हामी भोलिबाट गृहकार्य थाल्छौं । कुरा मिल्छ, ऋषिजी ।” कांग्रेसले भोलिबाट उम्मेदवार तय गर्ने तयारी गरेको छ ।

  • १६ आश्विन २०७९, आईतवार १७:२८ प्रकाशित