पोखरा ।
लायन्स क्लब अफ पोखरा आर्दश चौतारीले दृष्टिबिहिन तथा अशक्त वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेको छ ।
क्लबले १४ जना दृष्टि बिहिन तथा शारीरिक अशक्त रहनु भएका आमा बुबाका लागि ३५००० बराबरको खाधन्न वितरण गरेको डिस्ट्री ३२५ आइ नेपालजोन (१०) जोन चियरपर्सन लायन कृष्ण श्रेष्ठ (रोजि) जानकारी दिइकी छिन् ।
श्रेष्ठको अनुसार चाडपर्वमा उनीहरुको चुलोचौकामा पनि मिठो मसिनो खाना पाकोस भन्ने उदेश्यले क्लबको आफ्नै सचिवालय बुद्ध चोकमा प्रति परीवार १५ के.जी चामलका साथमा नुन, तेल , मसला , तरकारी गरि लगभग ३५००० बराबरको खाद्यन्न र २०० को दरले नगद हस्तान्तरण गरिएको हो ।

सेवा नै परमोधर्म भन्ने मुल नारालाई आत्मसात गर्दै क्लबले अध्यक्ष लायन रुक बहादुर गुरुङको अध्यक्षता तथा पुर्व अध्यक्ष लायन दया शंकरको संयोजकत्वमा सो सहयोग हस्तान्तरण गरेको हो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३३५ आइका गभर्नर लायन राम बसेलको प्रमुख आतिथ्यता रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष लायन बासु कोइराला, पुर्व अध्यक्ष लायन भरत राज सिग्देल, क्लब एक्सचेञ्ज चेयरपर्सन लायन कमल बस्नेत , जोनचेयर पर्सन लायन रोजि श्रेष्ठ, रिजनचेयर पर्सन लायन मोहनराज पौडेल, निबर्तमान अध्यक्ष लायन वसन्त कोइराला सहित क्लबका अन्य लायनहरूको सहभागीता रहेको थियो ।















