पुस भित्र पोखरेलीले धाराबाटै सुद्ध पिउने पानी उपभोग गर्न पाउने

केन्द्रभाग मिडिया

पोखरा ।
अगामी ३१ डिसेम्बर अर्थात १६ पुस भित्र पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका छन् । पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा प्रवेश गरेसंगै पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका हुन् ।

खानेपानी संस्थापन पोखराका प्रमुख इ. आशिष कार्कीले खानेपानी सुधार आयोजनाको काम ८८.१२ प्रतिशत सम्पन्न भएको र निर्माण सम्पन्न भएका ठाउँमा प्रसोधित पानी छाडिने जानकारी दिए । उनका अनुसार अहिलेसम्म ८८ किलोमिटर पाइप विस्तार गरिएको छ । बाँक १२ किलोमिटर पाइप विस्तारको काम पनि निरन्तर अगाडि बढ्ने उनले जानकारी दिए ।

जाइकाको सहयोगमा पोखरामा खानेपानी सुधार आयोजनाको काम ८८ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । ८८ किलोमिटर पाइपलाइन विच्छ्याएको छौं । आयोजना सम्पन्न हुने मिति २०२२ डिसेम्बर सम्ममा हामी हाल पाइपलाइन विच्छ्याएको क्षेत्रमा प्रशोधित पानी छाड्छौं र ति क्षेत्रका उपभोक्ताले धाराको पानी सिधै पिउन सक्नुहुन्छ’ उनले भने । बाँकी काम भने क्रमस गरिने उनले जानकारी दिएका छन् ।

झण्डै पाँच अर्व (चार करोड ८१ लाख) रुपैयाँ लागतमा सन २०१९को मार्चा देखि सुरु खानेपानी सुधार आयोजना २२ डिसेम्बरमा सक्ने लक्ष्य हो । हालसम्म स्लोसेन्ड पिल्टर, ग्रीड च्याम्बर निर्माण, पस्याङ्मा २० लाख लिटरको खानेपानी ट्यांकी, फूलबारीमा २० लाख लिटरको खानेपानी ट्यांकी निर्माणसहित ८८ किलोमिटर पाइपलाईन विस्तार लगायतका काम सम्पन्न भएका छन् ।

कोभिड संक्रमण र पोखराका सडक अस्फाल्ट गरिएका क्षेत्रमा खन्न कठिन भएकाले निर्माणको काम केही बाँकी रहने उनले जानकारी दिए । पुरै काम सम्पन्न गर्न भने थप सम्झौता हुनसक्ने उनले बताए । त्यस सम्बन्धि निर्णय भने भइनसकेको उनले जानकारी दिए ।

  • पोखरामा प्रतिदिन झण्डै डेढ करोड लिटर खानेपानी अभाव

पोखराको कोर सिटीमा दैनिक ६ करोड ५० लाख लिटर खानेपानी माग छ । तर आपूर्ति भने ५ करोड लिटरको हाराहारीमा हुँदै आएको छ । अपुग रहेको झण्डै डेढ करोड लिटर पनि सहज आपूर्तिका लागि पहल भइरहेको खानेपानी संस्थान पोखरा शाखाका प्रमुख इ. कार्कीले जानकारी दिए । तीन वटा ३० लाख लिटर क्षेमताका बोरिङ निर्माण गरिएको, त्यसका लागि ३१ करोड रुपैयाँ खर्चिएको उनले बताए ।

गत चालु आर्थिक वर्षममा मात्र २ हजार ७६० खानेपानीका धारा थप भएका छन् । पोखराको वडा नम्बर १ देखि १९ नम्बर वडासम्म खानेपानी संस्थापन पोखराले हेर्ने गरेको छ । उक्त क्षेत्र मध्ये बेलघारी क्षेत्र र टुटुंगा लगायतका क्षेत्रा खानेपानी अभाव रहेको छ ।

  • १६ आश्विन २०७९, आईतवार ०८:०३ प्रकाशित