पशु छनोट देखि भान्सामा मासु लैजाँदासम्म यि कुरामा ध्यान दिनुहोस् : डा. उपाध्याय (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
सामान्यतया दशैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । मासुलाई पोसिलो खानेकुराका रुपमा लिइन्छ । मासु प्रोटिनको राम्रो स्रोत भए पनि मिलाएर खान नजान्दा त्यसैले ज्यान जोखिममा पर्न सक्छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने भन्नेमा पशु चिकित्सक मासु बध गर्नु पहिले नै स्वस्थ पशुको पहिचान गर्नुपर्ने बताउछन् ।

पशु चिकित्सक डा. दिलीप कुमार उपाध्याय पशुको बध गर्दा नै स्वास्थ छ की छैनन भन्ने छुट्याउनु पर्ने बताउछन् । जुन पशुको रौँ चिल्लो छ, फुर्तीलो छ, समूहमा बस्छ, त्यो पशु समान्यतया स्वस्थ मानिन्छ,’ डा. उपाध्यायाले भने ‘नाक, मुख र मलद्धारबाट कुनै तरल पर्दाथ बगेको छ भने पशु अस्वस्थ हुनसक्छ ।’ लामो यात्रा गरेर ल्याइएको पशु २४ देखी ४८ घण्टा आराम गराएर मात्र बध गर्नुपर्ने उपाध्यायले बताए । त्यति नै मासुको स्वाद तिक्खर हुने र  ६ महिना देखी एक वर्षसम्मको खसी बोका मासुका लागि उपयुक्त हुने उनले जानकारी दिए ।

पोलेको वा बार्बिक्यु गरेको मासु उपभोग नगर्न उनी सल्लाह दिन्छन् । मासु काटीसके पछि फ्रिजमा राखेर खानु उपयुक्त हुने डा. उपाध्यायले सल्लाह दिए ।

डा. दिलीप कुमार उपाध्यायसंग गरिएको कुराकानी

  • १५ आश्विन २०७९, शनिबार १४:५९ प्रकाशित