ट्याक्टरले किच्दा ५ वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

dead

बर्दिया ।

बर्दियामा ट्याक्टरले किच्दा एक बालकको ज्यान गएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश लोधको ज्यान गएको हो ।

मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे किचेको थियो । गम्भिर घाइते भएका बालकको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो ।

ट्रयाक्टर चालक फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मथुराले जानकारी दिएको छ ।

  • १४ आश्विन २०७९, शुक्रबार १६:१५ प्रकाशित