लुक्ला जानेहरु भोलिदेखि रामेछापबाट उड्नुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरु शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ ।

दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एकरएक वटा मात्र जहाज टाइट स्टप काठमाडौंमा राखेर अन्य जहाज रामेछाप राख्न निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

सिटौलाका अनुसार अब ती वायुसेवा कम्पनीका जहाजले काठमाडौंबाट दैनिक एकरएक वटा मात्रै उडान गर्न पाउने छन् । अन्य उडान भने रामेछापबाटै गर्ने गरी निर्णय भएको उनले बताए ।

  • १४ आश्विन २०७९, शुक्रबार १४:२६ प्रकाशित