सत्ता गठबन्धनको बैठक आज पनि : भागवण्डाको अन्तिम टुंगो लगाउँदै

केन्द्रभाग मिडिया

 काठमाडौं ।

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुको दाबी छ।

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने भएको छ। साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।

यसअघि गठबन्धनमा मोटामोटी भागबन्डाको टुंगो लागिसकेको छ ।जसअनुसार कांग्रेसले ८६ सिट, माओवादीले ५३ र नेकपा एकीकृत समाजवादीले १७ सिट पाउने सहमति भएको छ ।

  • १४ आश्विन २०७९, शुक्रबार ०९:१६ प्रकाशित