टिकट वितरणमा शेखर पक्षलाई खुसी पार्न यस्तो छ देउवाको स्ट्राटिजी !

केन्द्रभाग मिडिया

काठमाडौं ।

टिकट वितरणमा असन्तुष्टि जनाइरहेका कांग्रेसको शेखर गगन समुहलाई खुशी पार्न सभापति देउवा केही लचक बन्ने भएका छन् ।

नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका हुन्। सम्मानजनक भागबण्डाको माग गर्दै शेखर(गगन समूहले हिजो मात्रै पार्टी कार्यालयमा मौन धर्ना प्रर्दशन गरेको थियो ।

यो समुहले लगातार दबाब बढाउँदै गएपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति एवं प्रधानमन्त्री देउवा मिलाएर लैजाने मनस्थितिमा पुगेको बताइन्छ ।

यसका लागि समानुपातिक तथा प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा शेखर-गगन समूहलाई कम्तीमा ३० प्रतिशत हिस्सा दिन देउवा तयार भएका छन् । इतर समूहले ४० प्रतिशतलाई बटमलाइन बनाएको थियो ।

  • १३ आश्विन २०७९, बिहीबार १६:५७ प्रकाशित