काठमाडौं ।
कांग्रेसले आगामी प्रनिनिधिसभामा ८६ सिट पाउने भएको छ ।
सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको छ ।
भागबन्डा अनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली-१, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत-१ र २, दैलेख -२, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ ।
यसैगरी चितवन -१ र २, गोरखा – १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा-१ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही -३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३ र बाँके -३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यसैगरी पाँचथर, इलाम-२, झापा -१,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी -३, ४, सिरहा -१, २ धनुषा- २, ३ र ४ महोत्तरी – २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।
यस्तै सर्लाही -४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे -२ सिन्धुपाल्चोक -२ र मकवानपुर-१ कांग्रेसले लिने बताइएको छ ।
जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा -४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।












