बिहे भोज खान गएकालाई लिएर फर्केको जीप दुर्घटना, ८ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

सल्यान ।

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । रा १ ज ५६३ नम्बरको जीप गएराति दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् ।

घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालकसहित ९ जना थिए ।

  • १२ आश्विन २०७९, बुधबार ०८:५८ प्रकाशित