दबाबमा गठबन्धन : सिट बाँडफाँट टुंग्याउन निर्णायक छलफलमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकस परिरहेको सत्ता गठबन्धनलाई दशैं अगावै सिट बाँडफाँट टुग्याउन दबाब बढिरहेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू अहिले सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा बसीरहेको छ ।। दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरूलाई दसैं अगावै सिटको भागबन्डा टुंग्याएर उम्मेदवार चयनको छलफल गर्नुपर्ने दबाब छ ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएका छन् ।

कार्यदलले दिएको निचोडका आधारमा मंगलबार शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । बिहान ११ बजेदेखि बालुवाटारमा सिट बाँडफाँटको विषयमा छलफल भइरहेको छ ।

  • ११ आश्विन २०७९, मंगलवार १६:०२ प्रकाशित