काठमाडौं ।
निर्वाचन आयोगले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ । आयोगले हिजो सोमबार जारी गरेको सुचना अनुसार ती मतदानस्थमा २२ हजार २ सय २६ वटा मतदान केन्द्र छन् ।
आयोगका अनुसार आसन्न निर्वाचनमा जम्मा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेको छ । जसमा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य रहेका छन् ।
कहाँ–कहाँ छन् मतदानस्थल हेर्न यहाँ क्लिक गर्नुहोस ।












