काठमाडौं ।
प्रदेश – १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् ।
प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । स्रोतको अनुसार, भोजपुर (क) बाट मुख्यमन्त्री राई उम्मेदवार बन्ने भएका छन् । २०७४ को चुनावमा पनि राईले यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए ।












