पोखरा ।
सहकारी संस्थाहरुले सदस्यहरुलाई उद्यमी बनाउनु पर्नेमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा न १७, डेविड फल्स छोरेपाटनमा रहेको कृस्ती–पोखरा मिलन सहकारीको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयात प्रतिस्थापनको नीति उत्पादनमुखी नीति बिना सम्भव नहुने बताए ।
उक्त अवसरमा सल्लाहकार बिजयराज आचार्य, संस्थापक सचिब एवं सल्लाहकार राजेन्द्र बहादुर थापा,संस्थापक अध्यक्ष श्रीबहादुर रानाभाट ,निबर्तमान अध्यक्ष कमल बहादुर रेग्मी, पोखरा महानगरपालिका वडा न २१ का अध्यक्ष दिपक सुवेदी, लगाएतले मन्तव्य राखेका थिए।
अधिवेशनले हस्तबहादुर केसीको अध्यक्षतामा कृष्ण बहादुर थापा उपाध्यक्षमा, पबित्रमणि भण्डारी, सचिबमा,रमेस पहारी, कोषाध्यक्षमा र सह–सचिब भरतबहादुर थापा रहेको नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गुप्त बहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिती चयन गरेको निर्बाचन समितिका सचिब राजेन्द्र बहादुर थापाले जानकारी दिए।
संस्थाका अध्यक्ष रबिलाल शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष दिपेन्द्र आचार्य र संचालन सचिब शिव बहादुर पोख्रेलले गरेका थिए ।