डेंगुबाट थप २ जनाको निधन

केन्द्रभाग मिडिया

डेंगुबाट आज २ जनाको निधन भएको छ।

पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट निधन हुनेको संख्या २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्। १५ सय ८६ जना डेंगुका बिरामी थपिँदा कुल बिरामीको संख्या २१ हजार ३ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ।

डेंगुका सबैभन्दा बढी बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमतीमा १६ हजार २ सय ३६ जना डेंगुका बिरामी छन्। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २ सय २९ जना डेंगुका बिरामी रहेका छन्।

  • ७ आश्विन २०७९, शुक्रबार १८:३१ प्रकाशित