बेगनाको पानी रुपा तालमा खसालेर बिजुली निकाल्न कसरी हुदैँ छ काम ?

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल विद्युत प्राधिकरणले बेगनास तालको पानीबाट १ सय ५० मेगाववट बिजुली निकाल्न प्राविधिक अध्यन गर्ने भएको छ । प्रारम्भिक अध्यन गरिसकेको प्राधिकरणले थप अध्यन गरी विद्युत उत्पादनको सम्भावना टुन्गो लगाउने भएको हो ।

प्राविधिक रुपमा सम्भव देखिएमा प्राकृतिक रुपमा स्टोरेज भएको तालको पानीबाट विजुली निकाल्ने नेपालमा यो नै पहिलो योजना हुने प्राधिकरणले बताएको छ । बेगनास तालको पनी सुरुङबाट विद्युत गृहमा पुर्याइने छ, भने विद्युत गृहबाट निस्केको पानी रुपा तालमा जम्मा गरिने छ । पम्प गरेर सोही पानीलाई पुनः बेगनास तालमा ल्याइने छ । बेगनास तालमा अहिले भएको पानीको सतह भन्दा १.४४ मिटर सतह बढाइने छ । सोही पानीलाई मात्र विद्युत उत्पादनमा प्रयोग गरिने छ । अहिले भएको पानीको सतह तालमा घट्ने छैन ।

बेगनास ताल भन्दा रुपाताल ६० मिटर होचो रहेको कारण विद्युत उत्पादनको लागि सम्भव भएको नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक रामजी भण्डारीले जानकारी दिए । स्टोरेज पानीबाट पिक आवरमा जलविद्यतु उत्पादन गर्ने उदेश्यले बेगनास–रुपा योजनालाई प्राधिकरणले प्राथमिकतमा राखेको भण्डारीले बताए । प्रधिकरणले ०७४ साल देखी बेगनास–रुपा जलाशाययुक्त आयोजना सर्वेक्षण गर्ने लाइसेन्स पाएको थियो । जाइकाले पनि आयोजनाको प्रारम्भिक अध्ययान गरेको छ।

बेलुका ९ बजेसम्म बिजुलीको अत्यधिक माग हुने गर्छ उक्त समयमा प्राधिकरणले विद्युतको माग पुर्याउन सक्दै, दिउँसो र राति उत्पादित बिजुली खेर जाने अवस्थालाई प्रँधिकरणले सन्तुलन मिलाउन जलासय युक्त आयोजना प्राथमिकतामा राखेको भण्डारीले बताए । अत्याधिक माग भएको समय दैनिक ४ घण्टा विद्युत उत्पादन गर्न सकिने छ, भने विद्युतको कम माग भएको बेलामा पम्पबाट पानी पुनः बेगनास तालमा तानिने छ ।

यो आयोजनाको नौलो पक्ष भनेको उत्पादन हुने बिजुली भन्दा पम्पमा प्रयोग हुने विद्युत खपत बढी छ । २०६.४४ गेगा वाट आवर विद्युत उत्पादन हुन्छ भने पम्प गर्न २८५. १३ गेगा वाट आवर विद्युत खपत हुन्छ ।

आयोजनाका लागि २० अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको प्राधिकरणका निर्देशक नसिबमान प्रधानले जानकारी दिए ।
पावर हाउससम्म लैजानका लागि एक किलोमिटरको सुरुङ बन्ने छ, भने रुपा ताल तर्फ सेमी अडरग्राउण्ड पावरहाउन बन्ने प्रधानले बताए ।
बेगनास तालको हाल भएको ड्याम त्यसले थेग्न सक्ने नसक्ने वारे अध्यन पछि मात्र थाहा हुने प्राधिकरणले बताएको छ । माछाहरुको आवतजावत नहोस् भनेर सुरक्षित इन्टेक बनाइने छ । आयोजनाको इन्टेक सुन्दरी डाँडाँमा रहने छ ।
आयोजनाले बन तथा वातावरण मन्त्रालयबाट इआइएको अनुमती पाइस्केको छ ।

 

 

  • ६ आश्विन २०७९, बिहीबार १७:१४ प्रकाशित