रुकुम ।
रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।
काठमाडौंदेखि रुकुमकोट जादैं गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मृत्यु भएकाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।














