वीर अस्पताल वरिपरिका फार्मेसीमा कामपाको डोजर

केन्द्रभाग मिडिया

काठमाडौं ।

अवैध संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरिपरिका अवैध रुपमा निर्माण गरिएका फार्मेशीहरुमा डोजर चलाएको छ ।

महानगरपालिकाले बिहीबार वीर अस्पताल वरिपरिका अधिकांश फार्मेसीका सटर भत्काएको हो ।डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो ।

तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।

  • ६ आश्विन २०७९, बिहीबार १५:५६ प्रकाशित