आज युरो घट्यो , डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १२६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२७ ३३ रुपैयाँ रहेको छ । हिजो युरो एकको खरिददर १२७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९९ पैसा थियो।यस्तै आज डलरको एकको खरिददर १२७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा छ । हिजो भने पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०६ पैसा थियो ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १३ पैसा र बिक्रीदर १८ रुपैयाँ २१पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा रहेको छ ।

 

  • ६ आश्विन २०७९, बिहीबार ११:०३ प्रकाशित