धनगढी।
कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
गौरीगंगा नगरपालिका(५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीकाको अनुसार ललिता आज (बिहीबार) बिहान हत्या गरेको अवस्थामा भेटिएकी हुन् ।
ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको छ । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको प्रहरीले जनाएको छ । उनी घटनापछि फरार भएका छन् ।
रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए ।शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।