कानुनविद्सँग सत्ता गठबन्धन : राष्ट्रपतिको कदमबारे छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना सुरु भएको छ ।

सत्तारुढ गठबन्धन भण्डारीसँग रुष्ट नै बनेका छन् । राष्टपतिले नागरिकता विद्येयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल थालेको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरु र कानुनविदबीच अपरान्ह ४ बजेबाट बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्रीका कानुनी सल्लाहकार केशव जोशीले जानकारी दिएका छन्। करिब १५ जना कानुनविद र गठबन्धनका शीर्ष नेताबीच राष्ट्रपतिको कदमका सन्दर्भमा छलफल भइरहेको जोशीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।

  • ५ आश्विन २०७९, बुधबार १६:५१ प्रकाशित