अनसनको १० औं दिन काठमाडौं जान तयार भए डा.केसी

केन्द्रभाग मिडिया

file photo

धनगढी ।

अनशनरत डा. गोविन्द केसी काठमाडौं जान तयार भएका छन् ।

स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि अनशनमा रहेका डा केसीको स्वास्थ्य अवस्था विग्रिदै गएपछि हिजो नै उनलाई काठमाडौं लैजाने प्रयास गरिएको थियो ।तर केसी नमानेपछि उनलाई लिन गएको सेनाको स्काइ ट्रक फर्किएको थियो ।

आज भने स्वास्थ्य अवस्था नाजुक भएसँगै उपचारका लागि काठमाडौं जान तयार भएका हुन् ।उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाने जनाइएको छ।

केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको बताएको छ ।

  • ५ आश्विन २०७९, बुधबार १६:१५ प्रकाशित