खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा खेल पत्रकारलाई तालिम

केन्द्रभाग मिडिया

पोखरा ।
खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा गण्डकी प्रदेश स्तरीय खेलकुद पत्रकारिता तलिम तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश अन्तर्गतका ११ जिल्लाकै खेलकुद विटमा कलम चालाउने पत्रकारका प्रतिनिधि सहभागी दुई दिनसम्म चल्ने तालिमको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले मंगलबार एक कार्यक्रमका बीच सुभारम्भ गरेका हुन् । तालिम आरम्भ गर्दैै उनले गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद हुनु नै प्रदेशका लागि गौरवको विषय रहेको बताए ।

नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कुनै न कुनै खेल सबै जिल्लामा पु¥याउने लक्षय राखिएको भएपनि पूर्वाधार र कतिपय अवस्थामा समन्वयको अभावका कारण पनि लैजान नसकिएको बताए । प्रतियोगिता सफलपार्नु सबैको उत्तिकै दायित्व रहेको बताएका उनले खेलकुदको समाचार लेख्ने पत्रकारले खेलको विषयमा गरिरोसंग बुझेमा वास्तविक सन्देश जाने र त्यसका लागि तालिम उपयोगि हुने धारणा राखे ।

गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगितामा हुने धेरै खेलका पदक गण्डकी प्रदेशमा राख्ने प्रयास हुनेगरी तयारी गरिएको जानकारी दिए । साथमा प्रतियोगितालाई व्यवस्थितढंगले सञ्चालनको जिम्मेवारीपनि आफूहरुमा आएको उनले बताए । विगतका प्रतियोगिताहरुमा भएका कमिकमजोरीहरुलाई हटाउँदै ९ औं संस्करणको प्रतियोगिता भव्यताका साथ सफल पारिने उनको भनाई छ ।

कार्यक्रमममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पोखरा र समग्र गण्डकी प्रदेशका पत्रकारले खेलकुद बिटमा देशभरमै उत्कृष्ट समाचार लेखेर प्रमाणित गरिसकेको चर्चा गरे । उनले तालिमले समग्र गण्डकी प्रदेशका पत्रकारको क्षेमता विकासमा योगदा पुग्ने भन्दै तालिम उपयोगी हुने अपेक्षा प्रकट गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालको अध्यक्षतामा सम्पन्न तालिम आरम्भ कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष केशव पाठक, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, पत्रकार महासंघ मनाङका अध्यक्ष नवीन लामिछाने, कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल लगायतले बोलेका थिए । ६० जना पत्रकारको सहभागिता रहेको तालिम बुधबारसम्म सञ्चालन हुनेछ ।

  • ४ आश्विन २०७९, मंगलवार १४:३२ प्रकाशित